२०८२ फागुन ३, आईतबार

अध्यक्षलाई निलम्बन गर्न धितोपत्र बोर्डका कर्मचारीको माग

  • निष्कर्ष
  • २०७८ श्रावण १७, आईतबार
Post Thumbnail

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गर्न बोर्डको कर्मचारी युनियनले माग गरेको छ । आइतबार बोर्डको कर्मचारी सङ्गठनले विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुङ्गानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गर्न माग गरेको हो ।

‘बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरूलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानुनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न युनियन जोडदार माग गर्दछ ।’ युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुङ्गानाकी छोरी रेबिका ढुङ्गानाको नाममा भेटिएको थियो। बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरीत छोरीको नाममा सेयर किनेको भनेर चौतर्फी विरोध भइरहेको छ ।

केही दिन अघि अर्थमन्त्रालयले पनि बोर्डलाई पत्राचार गरी उक्त विषयमा तीन दिन भित्र स्पष्टीकरण दिन भनेको थियो । मन्त्रालयले व्यक्तिको नाममा नभई बोर्डको नाममा पत्र पठाएको थियो । उक्त पत्रप्रति पनि युनियनले आपत्ति जनाएको छ । युनियनले व्यक्तिगत गल्तीलाई संस्थाको गल्तीको रूपमा देखाउनु गलत ठहर गरेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस