२०८१ चैत्र ५, मंगलबार

यस्तो छ २०८० सालमा बैंक बिदा सूची

  • बिष्णु गौडेल
  • २०७९ चैत्र ९, बिहिबार
यस्तो छ २०८० सालमा बैंक बिदा सूची

काठमाडौँ — आगामी वर्ष वि.सं. २०८० सालमा बैंक बिदाको सूची नियामक निकाय राष्ट्र बैंकले सार्वजनिक गरेको छ । जसअनुसार वैशाख महिनामा १ गते नयाँ वर्ष, १८ गते मजदुर दिवस र २२ गते बुद्ध जयन्ती परेकाले बैंकहरु बन्द रहनेछन् । जेठ १५ गते गणतन्त्र दिवसका दिन आरटीजीएस, ईसीसी, नगद भुक्तानी जस्ता अत्यावश्यकबाहेकका सेवा बन्द रहनेछ ।भदौ १४ गते रक्षाबन्धन, २० गते कृष्ण जन्माष्टमीका दिन पनि अत्यावश्यकबाहेकका सेवा बन्द रहने सूचनामा उल्लेख छ । असोज ३ गते संविधान दिवस रहेकाले बैंकहरू बन्द रहनेछन् । असोज ११ गते इन्द्रजात्रामा काठमाडौं उपत्यकाका बैंक बन्द रहनेछन् । असोज २८ गते घटस्थापनाका दिन अत्यावश्यक बाहेकका सेवा बन्द रहनेछन् ।

कात्तिक ४ देखि ९ गतेसम्म दसैं र २६ देखि ३० गतेसम्म तिहार बिदा परेको छ । मंसिर ३ गते छठका दिन बैंकहरु बन्द रहनेछन् । पुस महिनामा ९ गते क्रिसमस, १० गते उधौली पर्व, १५ गते तमु ल्होसार र २७ गते पृथ्वी जयन्तीका दिन अत्यावश्यकबाहेकका सेवाहरु बन्द हुने सूचनामा उल्लेख छ । माघमा १ गते माघी पर्व र २७ गते सोनाम ल्होसारको बिदा परेको छ । फागुनमा ७ गते प्रजातन्त्र दिवस, २५ गते शिवरात्रि र २८ गते ग्याल्पो ल्होसारको बिदा परेको छ । चैत ११ गते पहाडी होली र १२ गते तराई होली भएकाले सम्बद्ध क्षेत्रका कर्मचारीले बिदा पाउने छन् । चैत २६ गते घोडेजात्राका दिन काठमाडौं उपत्यकाका बैंकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गर्नेछन् ।

यीबाहेक भदौ ७ को गौरा पर्व, असोज १ गते तीज, २० गते जितिया पर्व, मंसिर ११ गते गुरु नानक जयन्ती, १७ गते अपांगता दिवसका दिन सम्बद्ध समुदायका बैंक कर्मचारीले बिदा पाउने छन् । हरेक शनिबार बैंकहरु बन्द रहनेछन् । सार्वजनिक सूचीअनुसार वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म ४ बजेसम्म मात्रै बैंकिङ कारोबार हुनेछ । त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म साढे १२ बजेसम्म बैंकिङ कारोबार हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस