फेसबुकमा पछ्याउनुहोस्
१९ फागुन, नेपालमा युवाको क्षेत्रमा लामो समय देखि क्रियाशील युवा मानव अधिकारकर्मी तिलोत्तम पौडेल राष्ट्रिय युवा परिषद्को १० औँ स्थापना दिवसको अवसरमा सम्मानित हुनुभएको छ ।
राष्ट्रिय युवा परिषद्को दशौँ स्थापना दिवसको अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यूबाट युवा मानव अधिकारकर्मी तिलोत्तम पौडेललाई समग्र युवाको लागि आवश्यक पर्ने नीति निर्माण देखि कार्यान्वयन सम्म पुर्याएको योगदान स्वरूप सम्मानित हुनुभएको हो ।
सम्मानित पौडेल युवा परिषद्मा २०७७ माघ २५ देखि २०८१ माघ २४ सम्म कार्यकारी सदस्यको रूपमा समेत नियुक्ति भएर क्रियाशील समेत रहनुभएको थियो ।
उहाँ परिषद्मा रहँदा युवामैत्री स्थानीय शासनलाई मुलप्रवाहिकरण गरी स्थानीय तह सम्म लैजानको लागि र युवा नीतिलाई संशोधन गर्न पहल कदमी समेत गर्नुभएको थियो ।
नेपालमा युवाहरूको लागि युवा तथा खेलकुद मन्त्रालयको स्थापना पश्चात् युवा परिषद्को छुट्टै निकाय गठन गरेर संविधानमा युवाका सवालहरू र राज्यको प्राथमिकताको बारेमा बहस गरी वकालत र पैरवी गर्ने गरेको थियो ।
सम्मानित पौडेल बाल्य अवस्थामा नै बाल क्लबको स्थापना गरी तत्कालीन नेपाल सरकारलाई विपक्षी गराई बालबालिकाहरूले पनि सङ्घसंस्था दर्ता गर्न पाउनुपर्ने भनी सर्वोच्च अदालतमा मुद्दा दायर गरी समग्र बालबालिकाको पक्षमा फैसला गरेको जागृति बाल क्लबको सस्थापकहरुमा समेत रहनुभएको थियो ।
उहाँ हाल जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष , बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको महासचिव, मानव अधिकार एलाईन्सको उपमहासचिव र अन्य विभिन्न सामाजिक सङ्घसंस्था र सञ्जालमा समेत आबद्ध भई समग्र बालबालिका,बालिका, पोषण, युवा, मानव अधिकार, जलवायु शासन र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील समेत रहनुभएको छ ।