२०८२ जेष्ठ ६, मंगलबार

नारायणगढ–बुटवल सडक खण्ड सुचारु

  • बिष्णु गौडेल
  • २०८२ बैशाख १०, बुधबार
नारायणगढ–बुटवल सडक खण्ड सुचारु

मध्यविन्दु (नवलपरासी), १० वैशाख, सुख्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक खण्ड दुई तर्फी सञ्चालनमा आएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने क्षेत्रमा मङ्गलवार दिउँसो सुख्खा पहिरो खसेका कारण अवरुद्ध भएको सडक खण्ड आज बिहान देखि दुवै तर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुख्खा पहिरो खसिरहेका कारण आवत जावत रोकी निर्माण कार्य गरिएकोमा आज बिहान ५ बजे देखी दुवै तर्फी सवारी सञ्चालन भएको हो ।
मङ्गलवार दिउँसो डाइभर्सन रहेको स्थानमा पहिरो झरे पछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । भित्तो काटेर बाटो बनाउन समय लागेकाले दुवै तर्फी यातायात सञ्चालन गर्न ढिलाइ भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो ।
दाउन्ने सडक खण्ड अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बिच बाटोमा अलपत्र परेका थिए । केही दिन अघि वर्षाका कारण दाउन्ने खण्डको बाटो हिलो र चिप्लो हुँदा अवरुद्ध भएको यातायात तीन दिन विना अवरोध सञ्चालनमा रहेको थियो । तर मङ्गलवार अचानक सुख्खा पहिरो खसे पछि फेरी यात्रुहरूले सास्ती बेहोर्नु परेको हो ।
अहिले दाउन्ने खण्डमा सडक विस्तारको लागि राति ११ बजे देखि बिहान ५ बजे सम्म सडक आवागमन रोकेर काम गर्ने गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस