२०८१ चैत्र १०, आईतबार

भारततर्फ अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा ३ जना पक्राउ

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २२, बुधबार
भारततर्फ अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा ३ जना पक्राउ

महोत्तरी – महोत्तरीबाट अक्सिजन सिलिन्डर भारत तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जलेश्वर नगरपालिकामा भारततर्फ पठाउन लागेको अवस्थामा सिलिन्डरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर–६ बस्ने विपिन चौधरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र वडा नम्बर–७ बस्ने ३६ वर्षीय जमरुद्दिन राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

जलेश्वर नगरपालिका वडा नम्बर–३ स्थित नेपालबाट भारततर्फ लैजानका लागि राखिएको अवस्थामा ३ थान प्याक अक्सिजन सिलिन्डरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी विष्टले बताए ।

गस्तीमा रहेको प्रहरीको टोलीले जलेश्वर नगरपालिका वडा नम्बर–१२ थरुवाहीबाट समेत लुकाइछिपाइ नेपालबाट भारततर्फ स्कोर्पियोमा लगिरहेको ७/७ किलोको दुई थान सिलिन्डर बरामद गरेको उनले बताए ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस