२०८२ बैशाख १३, शनिबार

महिला क्रिकेटर बेदालाई दोहोरो पिडा, काेराेनाले आमापछि दिदीकाे पनि लियाे ज्यान

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २४, शुक्रबार
महिला क्रिकेटर बेदालाई दोहोरो पिडा, काेराेनाले आमापछि दिदीकाे पनि लियाे ज्यान

नयाँ दिल्ली – भारतीय महिला क्रिकेटर बो कृष्णमुर्तिको परिवारमा दोहोरो पिडा थपिएको छ । दुई साता पहिले आफ्नी आमालाई गुमाएकी बेदाकी दिदीको पनि निधन भएको छ । दुबैको कोरोनाका कारण निधन भएको हो ।

अलराउण्डर बेदाले सोसियल मिडियामा एक भावुक स्टेटस राख्दै आमा गुमाएपनि सबै सकिए जस्तो भएको अवस्थामा फेरी दिदीको निधनले झन ठूलो पिडा थपेको बताएकी छिन ।

उनले आफ्नो परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको बताएकी छिन । भारतमा कोरोनाका कारण निकै भयाभव अवस्था भएको छ । दैनिक कोरोनाले ज्यान गुमाउनेको संख्या हरेक दिन बढिरहेको छ ।

बेदाले भारतीय टिमका लागि ४८ एकदिवसय र ७६ टी २० खेलेकी छिन ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस